काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले कार्यदल विघटन गर्ने पार्टी सचिवालयको बैठकको निर्णयप्रति आपत्ति जनाएका छन् । नेता भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिद्धारा गठित कार्य दलका सदस्य समेत रहेका नेता भट्टराईले सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाए ।
पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धि निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सके/नसकेको सही समिक्षा समेत गर्न नसकेको आरोप समेत लगाए ।





























प्रतिक्रिया