(कृष्णसिंह धामी)
काठमाडौं । बुधबार बिहान बर्दियाकी एक युवती ट्रान्सक्रिफ्ट बनाउन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगिन् । बर्दियाबाट आफ्नो मामाको ट्रान्सक्रिफ्ट बनाउन आएकी थिईन् । त्रिवि प्रांगण पुग्दा उनलाई परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ट्रान्सक्रिफ्ट बनाउने जानकारी दिईयो । त्यसपछि उनी सरासर बल्खुतिर लागिन् ।
त्रिविबाट केही तल आउने क्रममा एकजनालाई उनले सोधिन्, ‘बल्खु जाने बाटो यहि हो ?’ प्रतिउत्तरमा उनले ‘हो यही बाटो हो म पनि त्यतै जान लागेको । म त्यहीको कर्मचारी हो’ भन्ने जवाफ पाईन् । उक्त जवाफ दिने अरु कोही नभएर त्रिविका सहायक डीन बबुवलाल साह थिए ।
त्यसपछि ति युवती सहायक डीन साहसँगै बल्खुतिर आईन् । बाटोमा डीन साहले उनीमाथि नराम्रो व्यवहार गर्दै आईरहेका थिए । संगै हिडाएर तल जंगलमा पुग्ने बेला साहले एक दुई पटक सांकेतिक हिसावले लछारपछार गरेछन् । अलि तल पुगेपछि उताबाट मोटरसाईकल आएछ ।
सहायक डीनद्धारा एक छात्रामाथि यौन दुर्व्यवहार, विद्यार्थीले कालोमोसो दले
मोटरसाईकल आफ्नै साईडमा आईरहेको बेला पनि साहले ‘तपाईलाई मोटरसाईकलले ठोक्छ’ भन्दैं आफ्नो अंगालोमा हाले । त्यो बेला पनि ति युवतीले धेरै प्रतिक्रिया जनाईनन् । अझै माथि पुगेपछि साहले संवेदनशिल अंग छातीमा बेस्सरी समाए । जबरजस्ती करणी गर्ने मनसायले साहले युवतीको स्तन बेस्सरी समाए । बेस्सरी समाएपछि उनी जोरले चिच्याईन् र वेहोस भईन् ।
एकजना बल्खु जान लागिरहेका विद्यार्थीले उक्त घटना देखे । त्यसपछि विद्यार्थी संगठनका नेताहरुलाई फोन गरेर बोलाए । जानकारी पाएलगत्तै अखिल क्रान्तिकारी र अनेरास्ववियू कार्यकर्ताहरुले सहायक डीन साहकै कार्यकक्षमा गएर कालोमोसो दले ।
कालोमोसो दलेर उनलाई प्रहरीलाई बुझाए । ति युवतीले शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् । निवेदनपछि प्रहरीले सहायक डीन साहलाई पक्राउ गरेको छ ।
अखिल क्रान्तिकारी र अनेरास्ववियूले उनको राजीनामा माग गरेको छ । एउटा प्राध्यापकजस्तो जिम्मेवार तथा विद्धान व्यक्तिबाट यस्तो निन्दनीय कार्य भएको भन्दै उनीहरुले साहलाई बर्खास्त गर्न माग गरेका हुन् । उनीमाथि कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।
(अखिल क्रान्तिकारीको त्रिवि जिल्ला कोषाध्यक्ष प्रदिप भट्टसँग गरिएको कुराकानीका आधारमा)





























प्रतिक्रिया