काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन् ।
बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विषयगत र क्षेत्रगत व्यक्तिहरूलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन् ।
उनले भने, ‘पहिलो चोटी सिंहदरबारको वैद्यखाना आएको हो । तर यसको लागि हामीले विकास समिति बनाइसकेका छौँ । धेरै भवनहरु छन्, पूर्वाधारहरु यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन । हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्यूनतम् आवश्यकता अनुसारको रहेछ । हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरूलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौँ ।’
साथै उनले सिंहदरबारको वैद्यखानामा कयौँ समस्याहरू भए पनि सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्न समेत आग्रह गरे । त्यस्तै, उनले वैद्यखानाको उत्पादन घटेको भए पनि विश्वसनीयता नघटेको बताए ।





























प्रतिक्रिया