महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकले दिए राजीनामा

महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । घुस प्रकरणमा मुछिएपछि आयुक्त पाठकले पदबाट राजीनामा दिएका हुन् । सत्तारुढ दल नेकपाले पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेको बेला पाठकले त्यसबाट बच्न राजीनामा दिएका हुन् ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको खुलाशा भएको थियो ।

यसअघि विवेकशील नेपाली दलले आयुक्त पाठकलाई महाअभियोग लगाउन माग गरेको थियो । शुक्रबार विज्ञप्ति जारी गरी पाठकलाई राजीनामा दिन लगाउने नभई महाभियोग लगाउन संसदसँग माग गरेका थियो ।

‘अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने, यस्ता घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई त्यतिकै सेलाउन दिने गरिँदै आएको छ । जबसम्म यस्ता अभ्यास बसिरहन्छन् तबसम्म सुशासन स्थापित हुन सक्दैन, राजनैतिक सुसंस्कारको थालनी हुन सक्दैन प्रवक्ता मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Skip This
Skip This
Logo