राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले आआफ्नो क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै सदस्यहरुले क्षेत्रगत समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले अबिलम्ब दलित आयोग गठन गरि सबै जात जातिको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे।

राष्ट्रियसभा सदस्य विन्दा देवी आले मगरले  चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन भएको भन्दै बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले संसद सचिवालयमा पानी पीउनका लागि राखिएका प्लाष्टिकका गिलास हटाई कागजको गिलास प्रयोगमा ल्याउन सचिवालयको ध्यानाकर्षण गराए।

राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीलेले मुलुकभरका क्रसर उद्योगहरुलाई अनुगमन गरि तत्काल मापदण्ड भित्र राख्न माग गरे ।

Logo