एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति र सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय संयन्त्रलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको छ ।

Skip This
Skip This
Logo