काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनसमर्थन र प्रभाव बढेपछि सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको बताएको छ ।
शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निष्कर्ष निकालिएको कार्यवहाक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारीबाट ऋण लिने प्रक्रियामा लामिछानेको संलग्नता नरहेको उल्लेख भए पनि सत्ता गठबन्धनले राजनीतिक रूपमा निषेध गर्न लामिछानेलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उजुरी परेपछि लामिछाने पक्राउ परेका छन् । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।































प्रतिक्रिया