नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई बलियो बनाएको छः शेखर कोइराला

नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई बलियो बनाएको छः शेखर कोइराला

केन्द्रबिन्दु
24
Shares

इलाम । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातिको लागि आकर्षणको केन्द्र रहेको बताएका छन् ।

इलामको सन्दकपुर गाउँपालिका स्थित माङसेबुङमा आयोजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्तीको उद्घाटन समारोहमा उनले किरात धर्मको आस्थाको केन्द्र इलामको माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘ धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातिको लागि आकर्षणको केन्द्र रहँदै आएको छ । धर्मको आस्थाको केन्द्र इलामको माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न क्षेत्र विकास कोषको अवधारणामा लैजानुपर्ने छ । यसक्रममा महागुरुको अवतरणले यो रमणीयभूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको छ । तपोभूमि नेपाल उत्तर र दक्षिणबाट आउने विविध धर्म, जाति र संस्कृतिको संगमस्थल हुन पुगेको छ परापूर्वकालदेखि ।’

यस्तै उनले शताब्दीऔंदेखि नेपालीहरुले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति र परम्पराको जगेर्ना गर्दै आइरहेको बताए । कोइरालाले नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको बताउँदै व्यावहारिक कार्यान्वयनमा जोड दिए । उनले नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई बलियो बनाएको बताए ।

Logo