प्रहरी हिरासतभित्रै बस्यो रास्वपाको ‘विशेष’ बैठक, आन्दोलन अझै शसक्त बनाउने

प्रहरी हिरासतभित्रै बस्यो रास्वपाको ‘विशेष’ बैठक, आन्दोलन अझै शसक्त बनाउने

केन्द्रबिन्दु
165
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक कास्की प्रहरी कार्यालयको हिरासतमै बसेको छ ।

सहकारी ठगी प्रकरणमा विगत २३ दिनदेखि प्रहरी हिरासतमै रहेका सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा. स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाको विशेष बैठक बसेको हो । बैठकपछि प्रवक्ता झाले समसामयिक विषयमा कुराकानी भएको र बुधबार पत्रकार सम्मेलन गरिने जानकारी दिए ।

‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन । हिजो भर्खर १३ दिन म्याद थपिएको छ । हामीले स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौं ।’ उनले भने, ‘राजनीतिक दल प्रक्रियागत रूपमा चल्नुपर्छ । त्यसैले यसबारे केन्द्रीय समितिमा छलफल गर्छौं र धारणा सार्वजनिक गर्छौं ।’

उपसभापति वाग्लेले भने राजनीतिक प्रतिसोध साँध्नकै लागि सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाए । उनले भने, ‘अनावश्यक रुपमा हिरासतमा राखिएको छ । हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । यसमा कुनै द्विविधा छैन ।’

Logo