प्रधानमन्त्रीको भ्रमणअघि नै एमाले नेताहरू आज चीन जाँदै

प्रधानमन्त्रीको भ्रमणअघि नै एमाले नेताहरू आज चीन जाँदै

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिसेम्बर २ देखि ६ (मंसिर १७ देखि २१) गतेसम्म औपचारिक भ्रमणका लागि चीन जाँदै छन् । चीनबाट भ्रमणको निम्तो पाएपछि प्रधानमन्त्री कार्यालयले भ्रमणको तयारी गरिसकेको छ ।

यता प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल आज बेइजिङ जान लागेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जान लागेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी, प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा दीपेन्द्र श्रेष्ठ, झापा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी रहेका छन्। पोखरेल नेतृत्वको टोली मङ्सिर १० गते स्वदेश फर्कनेछ ।

Skip This
Skip This
Logo