रवि लामिछानेलाई ल्याएर भैरहवा विमानस्थलमा अवतरण भयो बुद्ध एयरको विमान

रवि लामिछानेलाई ल्याएर भैरहवा विमानस्थलमा अवतरण भयो बुद्ध एयरको विमान

केन्द्रबिन्दु
57
Shares

काठमाडौँँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको बुद्ध एयरको विमान भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।

लामिछानेलाई बुद्ध एयरको नियमित उडानमार्फत रुपन्देहीमा बयानका लागि ल्याइएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार बिहानै भैरहवा ल्याउने योजना रहे पनि भैरहवा विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान ढिलो भएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप लागेका लामिछानेसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिने छ ।

Logo