भेनेजुएला प्रकरणले संसदमा प्रवेश पाएको छ।
शुक्रबार व्यवस्थापिका संसदमा विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी नेतृ डिला सङ्ग्रौलाले सरकारले अमेरिकालाई चिढाएको भन्दै अमेरिकी सहयोग रोक्ने षडयन्त्र भएको आरोप लगाएकी छिन् । नेपालले शुरुदेखि नै असंलग्न नीति लिएको भन्दै भेनेजुएलाको सम्बन्धमा बोलेर अमेरिकालाई चिढाउनु गलत भएको उनको दाबी थियो ।
सरकार र नेकपाका नेताहरुले गलत गरेको भन्दै यसको कारण अमेरिकाले सहयोग रोक्न सक्ने खतरा रहेको बताइन् । ‘अमेरिकाले नेपाललाई सहयोग गरिरहेको थियो । तर नेपालसँग कुनै सम्बन्ध नभएको भेनेजुएलाको सम्बन्धमा वक्तव्यबाजी गरेर अमेरिकालाई किन चिढाएको ? के त्यो वक्तव्यबाजी सहयोग रोक्ने चेष्टा हो ? उनले भनिन्
यो प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिज्ञप्ति जारे गरेपछि अमेरिकासंगको सम्बन्ध चिसो भएको छ। यदपि प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रचण्डको शब्द ‘स्लिप’ भएको भन्दै बचाउ गरेका छन्।































प्रतिक्रिया