संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कार्यवाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्री समेतको उपस्थितिमा छलफल हुने छ ।

साथै मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले बेहोर्नुपरेका नीतिगत एवं व्यावहारिक समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुने पनि कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि समितिको सभाहलमा बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुने छ ।

Skip This
Skip This
Logo