काठमाडौं । नेकपा एमालेले आज अर्थात् (मंसिर ७ गते) गर्न लागेको शक्ति प्रदर्शनका कारण काठमाडौंको मुख्य सडक अधिकांश यातायात जाममा फसेका छन् ।
मुलुकमा बढेको अराजकताविरुद्ध सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने भन्दै आयोजना गरेका यो शक्ति प्रदर्शनले यातायात सञ्चालनमा समेत असहजता ल्याएको हो ।
घण्टौँसम्म ठाउँ ठाउँमा जामका कारण सवारी रोकेर बस्नु पर्दा समयमै कार्यालय पुग्नको लागि सकस भएको यात्रुको गुनासो छ ।कार्यालय समयमा यातायातको चाप बढी हुने गर्छ । यो प्रदर्शनीले गन्तव्यमा पुग्नको थप लागि समस्या बनाएको चालक रमेश राईले बताए ।
एउटा रुट जाममा रहेछ, त्यो जामलाई छल्न अर्को रुटबाट जाने कोसिस गरे, तर त्यहाँ पनि उस्तै अहिले जाममा बस्दै अगाडि बढी रहेको छु,’ उनले भने ।जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै प्रदर्शन गर्ने योजना बनाएको हो ।
उपत्यका ट्राफिक कार्यालयले पनि आज सडकमा धेरै जाम हुन सक्ने विषयको मध्यनजर गर्दै वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।































प्रतिक्रिया