प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सैन्य अभ्यासमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका छन् ।
हालै नेपालमा सम्पन्न चौथौ बिमस्टेक सम्मेलनमा भारतको आयोजनामा बिमस्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास २५–३१ भदौमा गर्ने प्रस्ताव आएको थियो ।
यो अभ्यासअघि भारतले बिमस्टेक राष्ट्रका सैन्य प्रमुखहरुको बैठक आव्हान गरेको थियो । नेपालले उक्त बैठक समेत बहिस्कार गर्ने स्रोतले बतायो। प्रधानमन्त्री ओलीले सेना प्रमुख रथी पूर्णचन्द्र थापालाई सम्पर्क गरि सैन्य अभ्यासमा सहभागी नजनाउन आग्रह गरेपछि उनको भारत जाने कार्यक्रम स्थगित भएको हो ।
यसअघि नै सेनाले अभ्यासमा सहभागी हुन पाँचजना अधिकृतसहित ३० जनाको टोली बनाई सकेको थियो । पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीले यस अघि नै बिमस्टेक सम्मेलनका सैन्य अभ्यासको प्रस्ताव अनुमोदन नभएको जानकारी गराएका थिए ।
यदपि यो सैन्य अभ्यासको चौतर्फी बिरोध हुँदै आएको छ ।
प्रकाशित: २३ भदौ २०७५ १२:५३ शनिबार