काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंसहित देशभर विरोध प्रर्दशन गरेको छ । सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न जनतालाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार काठमाडौंसहित देशभर र्यालीसहित विरोध प्रर्दशन गरेको हो ।
विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नारबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । उनीहरुले वाइडबडी विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्धन्द्धकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।
कांग्रेसले सरकारविरुद्ध जनप्रदर्शन गर्दै प्रतिपक्षको शक्ति देखाउने यसअघि नै घोषणा गरेको थियो । त्यसको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले देशभर आफ्नो कार्यक्रम सफल भएको जनाएको छ ।





























प्रतिक्रिया