प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरेको छ ।
सरकारले सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न जनतालाई आह्वान गर्दै नेपाली काँग्रेसले सोमबार काठमाडौंमा र्याली सहितको विरोध प्रर्दशन गरेको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको काँग्रेसको विरोध प्रर्दशन बाघबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, सहिदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रर्दशनका क्रममा काँग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नारबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाइडबढि विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जब्बरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्धन्द्धकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।
र्यालीपछि आयोजित कोण सभामा बोल्दै काँग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन जनतालाई आह्वान गरेका थिए । उनीहरुले वाईड बढि विमान खरिदमा ४ अरव ३५ करोड भन्दाबढि भ्रष्टाचार गरेको भन्दै त्यसको विरोधमा उत्र्न पनि जनतालाई अपिल गरे । काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिए ।

उहाँले राणा शासन ढालेको, बहुदल ल्याउने तथा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ति गरे जनताले वर्तमान सरकारलाई पनि ढाली दिने दावी समेत गर्नु भयो । नेता सिंहले सरकारले कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको सपथ गराएर विधिको शासनको धज्जी उडाएको आरोप पनि लगाए ।
काँग्रेसका अर्का नेता राजेन्द्रकुमार केसीले ४ अरव ३५ करोड वाईडबडी विमान खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको दावी गर्दै सरकारविरुद्ध आन्दोलनमा उत्रन जनतालाई आह्वान गरे । उनले सरकारले जनताविरोधी काम गरिरहेकाले त्यसको विरोधमा आफूहरुले प्रर्दशन गर्नु परेको पनि बताए ।
नेपाली काँगे्रेस जिल्ला कार्य समिति, काठमाडौंको आह्वानमा आयोजना गरिएको सरकारविरोधि प्रर्दशनमा कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकमा शान्ति, सुरक्षा समेत दिन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरिएको थियो ।
































प्रतिक्रिया