दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै छ ।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा निवेदन दिएका थिए ।

साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

Logo