निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछः भोलन

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउनेछः भोलन

केन्द्रबिन्दु
15
Shares

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौँडा–१२ वडा अध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन् ।

आइतबार हेटौँडा–१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेदवार भोलनले राप्रपाले उठाएका विषयहरू जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका हुन् ।

राप्रपाले उठाएका विषयहरूलाई मूर्तरूप दिनका लागि हेटौँडा–१२ को जनताहरूको साथ र समर्थन राप्रपाले पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने बताए ।

निर्वाचित भएपश्चात् हेटौँडा–१२ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका १९ वटा प्रतिबद्धता पूरा गर्ने उनले बताए ।

Logo