काठमाडौं । शनिवार विदाको दिन पनि चलाईएको भन्दै नेविसंघले विभिन्न सरकारी कार्यालयका गाडीमा आगजानी गर्नुका साथै तोडफोड समेत गर्यो । शनिवार नेपाली कांग्रेसको विद्यार्थी सँगठन नेविसंघले पोखरा, डोटी, काठमाडौं लगायतका जिल्लामा सरकारी नियन्त्रणमा लिनुका साथै आगजनी समेत गरेको थियो ।
नेविसंघ कार्यकर्ताहरुले राजधानीको लाजिम्पाटबाट प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएको थियो । त्यस्तै कास्कीका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदी चढेको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजानी गरेका थिए ।
शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै नेविसंघले अन्य ५ वटा गाडीका चाबी नियन्त्रणमा लिएका थिए । आफुलाई पूर्ण प्रजातान्त्रिक पार्टी भन्ने कांग्रेस कार्यकर्ता उग्र बनेपछि चौतर्फी आलोचना भईरहेको छ । उक्त कार्यको विरोध समेत भएको छ ।
कांग्रेस नेताहरुले समेत उक्त कार्यको निन्दा गरेका छन् । यतिबेला विभिन्न टिकाटिप्पणी सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुरको निर्देशनमा नेविसंघले गाडीमा आगो लगाईएको भन्ने पनि चर्चा छ । तर कांग्रेस युवा नेता गगन थापाले भने उक्त कार्यको भत्र्सना गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत उक्त कार्यको निन्दा तथा भत्र्सना गरेका हुन् । उनले लेखेका छन्, त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।
सरकारी गाडीमा आगजानीपछि धेरै सञ्चारकर्मीहरुले आफ्नो प्रतिक्रिया माग गरेको भन्दै थापाले भनेका छन्, ‘नेविसंघको नाममा केही ‘विद्यार्थीले’ सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ।’































प्रतिक्रिया