काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौँ ल्याइँदै छ । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौँमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याउन लागिएको हो ।
उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौँ ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौँमा राखेर बयान लिने सम्भावना छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।































प्रतिक्रिया