बीआरआईबारे कांग्रेस र एमालेको धारणा समान छः गगन थापा

बीआरआईबारे कांग्रेस र एमालेको धारणा समान छः गगन थापा

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीआरआईमा नेकपा एमाले र कांग्रेसको धारणा समान भएको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महामन्त्री थापाले बीआरआईमा एमालेसँग समान धारणा रहेको जिकिर गरेका हुन् ।

महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा लैजानुपर्ने बताएका छन् । उनले अमेरिका, चीन, भारत र जापान जस्ता देशबाट अनुदानको अपेक्षा गरेको जानकारी दिए । यस पटक प्रधानमन्त्रीको चीन भ्रमणमा पनि यही अपेक्षा रहेको थापाको भनाइ छ ।

Logo