अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

अपाङ्गता भएका व्यक्तिहरूलाई थप सशक्त बनाउने काङ्ग्रेसको प्रतिबद्धता

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाली काङ्ग्रेसले ३३ औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने यस वर्षको नाराले समावेशी समाज निर्माणमा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई थप सशक्त र प्रेरणादायी बनाउने बताएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको पनि जनाइएको छ ।

Logo