सरकारले भ्रष्टाचार कम गर्न नसकेको ट्रान्सपरेन्सीको खुलासा (भिडियोमा)

सरकारले भ्रष्टाचार कम गर्न नसकेको ट्रान्सपरेन्सीको खुलासा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने बताएका छन् ।

नेपालमा भ्रष्टाचारमा कमी आउन नसकेको प्रतिवेदन सार्वजनिक भईरहदा मंगलबार नै शसस्त्र प्रहरी बलको १८ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

उनले सरकारी सम्पत्तिको अनुचित र गैह्कानूनी दोहन वा गतल प्रयोग प्रति सहज र क्रियाशिल रहेको बताए । उनले भने, “ भ्रष्टाचार गर्ने कुरामा, मैले अगाडिदेखि भन्दै आएको छु कि त्यसलाई म आफू पनि गर्दिन, गर्न पनि दिन्न । गरेमा कसैको अनुहार हेरिने छैन । कसैप्रति कुनै मेलाहिजा राखिने छैन । ” उनले भ्रष्टाचार रोक्न क्रियाशिल रहेको भन्दै सरोकारित सबै निकायलाई धन्यवाद पनि दिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पनि भ्रष्टाचारमा शुन्य सहनशीलता र आर्थिक अनियमितता हुन नदिन सचेत रहेको बताए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार नै सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकांङ्क २०१८ प्रतिवेदनले नेपाल गतबर्षको भ्रष्टाचार सूचकाङ्क भन्दा माथि उठ्न नसकेको देखाएको छ ।

Logo