दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्नुपर्ने कांग्रेसको माग पूरा भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो। यसअघि सरकारले यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अबरुद्ध गरेको थियो । यसै बिषयलाई लिएर कांग्रेसले माघ २१ गते देशभर प्रदर्शन गर्ने निर्णयसमेत गरेको थियो ।





























प्रतिक्रिया