काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री निवास बालुवाटारबाहिर प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका ३० जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले विपक्षीको आवाज नसुनेको भन्दै उनीहरुलाई सिठ्ठी जुलुस लिएर प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । बालुवाटारको ३ नं. गेटमा तोकिएको निषेधित क्षेत्र भित्र सिठ्ठी जुलुस निकालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सरकारको विरुद्ध आन्दोलनमा रहेको नेविसंघले निकालेको सो जुलुसबाट नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा सहित ३० जना पक्राउ परेका हुन् । उनीहरुलाई अहिले नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ ।





























प्रतिक्रिया