विवादका पर्याय बन्दै मेयर हर्क साम्पाङ [भिडियोसहित]

विवादका पर्याय बन्दै मेयर हर्क साम्पाङ [भिडियोसहित]

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । खोज पत्रकारिता केन्द्रका लागि धरानका पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा मेयरको कार्यशैलीबारे विस्तृत रिपोर्ट लेखे ।

धरानका पूर्वमेयरहरू, बहालवाला कर्मचारी, वडाध्यक्ष र आम नागरिकलगायतसँग पटक–पटक कुराकानीपछि तयार गरिएको खोजमूलक रिपोर्टले त्यहाँका शृंखलाबद्ध बेथिति र मेयरको विवादास्पद पृष्ठभूमिबारे उजागर गरेको थियो ।

तर, साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक सामाचारको एउटा सानो अंशलाई लिएर बिहीबार धम्कीपूर्ण सन्देश लेखेपछि विवाद बाहिर आएको हो । यस विषयमा आफ्नो आलोचना बढ्न थालेपछि उनी आफैँले पत्रकार सम्मेलन राखेका थिए ।

पत्रकार सम्मेलनमा साम्पाङ ४ हजार शब्द लामो रिपोर्टको एउटा अंशमा मात्र केन्द्रित भए । उनले रिपोर्टलाई झ्यास भन्दै पूरा पनि नपढेको बताए ।

रिपोर्टमा शान्ति प्रक्रियापछि नक्कली माओवादी बनेर चन्दा उठाएको आरोपमा साम्पाङ समातिएको प्रसंग उल्लेख थियो ।

Skip This
Skip This
Logo