बीआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नुअघि सरकारले नाटक देखायोः नेता खनाल

बीआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नुअघि सरकारले नाटक देखायोः नेता खनाल

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भएका हुन् ।

स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुशी लागेको बताएका छन् ।

उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्‍याउन सकेन । बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ । छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन ।’

उनले बीआरआई नेपालको हितमा रहेको बताए । खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफलअघि बढाउनुपर्ने जिकिर गरे ।

Logo