रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबीच भेटवार्ता

रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।

सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालको पनि सहभागिता रहेको थियो ।

Logo