काठमाडौँ । वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एवं रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए ।
उनले भने,‘वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ । निजी क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रशोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी मूल्य अभिवृद्धि मार्फत स्थानीय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ ।’
सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ । उनले भने,‘सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिबद्धता र गरेको योगदान आज अन्य मुलुकहरुको लागि प्रेरणाको स्रोत बनेको छ । देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाइँसराइले गर्दा वनमाथिको दृढता घट्दै गएको छ ।’
जैविक विविधता संरक्षण एवं जलवायु परिवर्तन र जलवायु उत्थानशीलतालाई एकीकृत गर्न नीतिहरूलाई समय समयमा पुर्नविचार गर्नुपर्ने उनको भनाइ छ ।































प्रतिक्रिया