चिकित्सा शिक्षा विधेयक पारित भएपछि देउवा किन भए आगो ? (भिडियोमा)

चिकित्सा शिक्षा विधेयक पारित भएपछि देउवा किन भए आगो ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबारको प्रतिनिधिसभा बैठकमा निकै रमिता चल्यो । सभामुखले बैठक सुरु हुनासाथ कांग्रेस सचेतक पुष्पा भुसालले भाषण गरिन् । उनले चर्कै स्वरमा चिकित्सा शिक्षा विधेयक र आफ्नो नेताहरुका नाममा खोलिएका अस्पताल बन्द गराउन लागेको भन्दै आपत्ति जनाईन् । उनले बोलिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाउन थाले ।

सभामुख कृष्णबहादुर महराले सबैलाई बस्न पटक पटक आग्रह गरे । तर कांग्रेस सांसदहरुले चर्को नाराबाजी गरिरहे । नाराबाजीकैबीच सभामुख महराले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले रोष्टम पुर्‍याएका थिए ।

मर्यादापालकले मन्त्री पोखरेलको पाखुरा नै समातेर रोष्टममा पुर्‍याएका थिए । कांग्रेस सांसदहरुलाई छल्दै मन्त्री पोखरेल रोष्टममा पुगेपछि सत्ता पक्षका सांसदहरुले ढ्याप ढ्याप गरेर ताली बजाए । त्यसपछि मन्त्री पोखरेलले सो विधेयक प्रस्तुत गरे । विपक्षहरुले अवरोध गरिरहेका कारण सो विधेयकमाथिको छलफलमा सत्तारुढ दलका नेताहरुले भाग लिने अवस्था थिएन ।

सभामुख महराले सो विधेयकमा छलफलमा भाग लिन आग्रह गरेपनि त्यसमा कसैले पनि भाग लिएनन् । छलफलमा भाग नलिएपछि सभामुख महराले मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्ने अनुमति दिए ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले भने विधेयक निर्णयार्थ पेश गरेपछि झनै ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरेका थिए । तर सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरे ।

विधेयक पारित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनको चेतावनी दिए । सभापति देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाए । उनले सडक र सदन आन्दोलनको तयारीमा लाग्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

Logo