काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।
उनीहरुले गोविन्द केसीसँग गरेको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने, गिरिजाप्रसाद कोईराला र शुसिल कोईरालाका नाममा स्थापना भएका अस्पताल खारेज गर्ने निर्णय तत्काल हटाउनुपर्ने लगायतका माग राख्दैं कांग्रेस सांसदहरुले शुक्रबारको संसद बैठकमा अवरोध सिर्जना गरेका हुन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदमा बोलेपछि कांग्रेस सांसदहरु आफ्नो सिटबाट उठेर नाराबाजीमा लागेका हुन् ।
कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले सरकार जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गराउने दाउँमा लागे मुठभेड पनि हुनसक्ने चेतावनी दिएका थिए थापाको चेतावनीपछि आजको बैंठकमा मर्यादापालकको संख्या बढाईएको छ ।
सभामुख कृष्णबहादुर महराले बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै शुक्रबार विधेयक पारित गर्ने बताएका थिए । २ दिन संसद् अवरोध गरिसकेको कांग्रेसले त्यसलाई निरन्तरता दिएको छ ।





























प्रतिक्रिया