नेकपा एसको बैठक आज पनि बस्दै

नेकपा एसको बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

आजको बैठकमा वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले सबैको जवाफ दिनेछन् ।

बैठकमा विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसङ्गठन इञ्चार्जलगायत पदमा नेताहरूको जिम्मेवारी तोक्नेदेखि पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिने छ ।

बैठकमा अहिलेसम्म १८ जना नेताले धारणा राखिसकेका छन् ।

Skip This
Skip This
Logo