नेविसंघले थाल्यो सरकारविरुद्ध सडक आन्दोलन

नेविसंघले थाल्यो सरकारविरुद्ध सडक आन्दोलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।

उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । निर्मला पन्तको हत्यारा ६ महिनासम्म पनि पत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरेको प्रति उनीहरुले सरकारको विरोध गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा सत्ता पक्षले जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएको भनेर विरोध गरेको कांग्रेसको भातृ संस्था नेविसंघले बुधबार सडकमा विरोध जनाएको हो । मंगलबार नै पनि नेविसंघले नयाँ वानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो ।

Logo