नेपाल विद्यार्थी संघले आज सडकमा प्रदर्शन गर्ने भएको छ।
अनसनरत डा. गोविन्द केसी र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै नेबिसंघले प्रदर्शन गर्न लागेको हो।
संघले आझ दिउँसो १ बजे माइतीघरबाट विरोध प्रर्दशन गर्ने जनाएको छ।माइतीघरबाट सुरु हुने विरोध प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत हुनेछ ।
मंगलबार संसदमा चिकित्सा विधेयक पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले बिरोध गरेका थिए। सभामुखले जबर्जस्ती बिधेयक पारित गराउन खोजेपछि धकेलाधकेलसमेत भएको थियो । संसदबाहिर नेबिसंघले विरोध प्रर्दशन गरेको थियो।
संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयकबिरुद्ध डा केसी १६औं पटकको अनसनमा छन्।































प्रतिक्रिया