जब कांग्रेसले राष्ट्रियसभाको बैठकमा हंगामा मच्चायो (भिडियोमा)

जब कांग्रेसले राष्ट्रियसभाको बैठकमा हंगामा मच्चायो (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

कांग्रेस सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर आधाघण्टापछि सुरु भएको दोस्रो बैठक सुरु हुनवित्तिकै कांग्रेस सांसदहरुले फेरि उभिएर बैठक अवरुद्ध पारेका थिए ।

उनीहरुले बैठकको कारवाही अघि बढाउन बसेर सहयोग गरिदिन पटकपटक गरेको आग्रह गरेपनि बेवास्ता गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचि हटाएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तनहुँमा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापना गरिएको सुशील कोइराला क्यान्सर अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको हो ।

Skip This
Skip This
Logo