डा. शेखर कोइरालालाई अब कांग्रेस सभापतिमा निर्वाचित गराउनुपर्छ -डा. सुनिल शर्मा

डा. शेखर कोइरालालाई अब कांग्रेस सभापतिमा निर्वाचित गराउनुपर्छ -डा. सुनिल शर्मा

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पार्टीको पन्ध्रौं महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति निर्वाचित गराउनुपर्ने आवश्यकता रहेकाे बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले प्रजातन्त्रका लागि लडेको कोइराला परिवारका महत्वपूर्ण सदस्य डा. कोइरालालाई पन्ध्रौं महाधिवेशनबाट सभापति निर्वाचित गराउनुपर्ने अवस्था आएको औंल्याएका हुन् ।

‘पूर्वको कोइराला परिवारबाट ल्याएको नाशो सुदुर पश्चिमबाट फेरि पूर्व फर्काउँदै पन्ध्रौं महाधिवेशनबाट डा. कोइरालालाई सभापति बनाउनुपर्छ । मुलुकको आमुल परिवर्तनमा उहाँको ठूलो लगानी छ ।’ उनले भने ।

धनगढी विमानस्थलमा सूदुरपश्चिमका नेता तथा कार्यकर्तारुले गरेको स्वागतले उत्साहित बनाएको भन्दै सांसद डा. शर्माले यो जनलहर डा. कोइरालाको पक्षमा बढ्दै जाने दाबी पनि गरे । सुदूरपश्चिमको यो जनलहरले संस्थापन पक्षमा तरङ्ग थप्ने उनको भनाई छ ।

साथै उनले अब अरु ५ प्रदेशहरुमा पनि यस्तै कार्यक्रम लिएर अघि बढ्ने पनि बताए ।

साथै कृष्ण प्रसाद कोइरालाको हजारौं हजार विगाहा जमिन राणाले खोस्दा पनि उनी प्रजातन्त्रका लागि लडेको पनि स्मरण गराए । विराटनगरको चारैतिर सयौं विगाहा जमिनका मालिक भएपनि सबै गुमाएका स्व. कृष्णप्रसाद कोइरालाका सन्तति डा. कोइराला अबको निर्विकल्प काँग्रेसको सभापति हुनुपर्ने उनको भनाई छ ।

Logo