एमाले अपराधीलाई बचाउनतर्फ लाग्दैनः पूर्वमन्त्री पण्डित

एमाले अपराधीलाई बचाउनतर्फ लाग्दैनः पूर्वमन्त्री पण्डित

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउन नलाग्ने बताएका छन् ।

गाउँपालिका तथा नगरपालिकाहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कानुनको अधीनमा रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले कानुनबाहिर गएर काम गर्ने जो कसैलाई पनि बचाउन पार्टी नलाग्ने बताएका हुन् ।

नेकपा एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको ‘बधाई, शुभकामना तथा मतदाताहरूलाई धन्यवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पण्डितले भने, ‘जनप्रतिनिधि हुँ भन्दैमा जथाभावी काम गर्न पाइँदैन । यदि तपाईँले कानुनभन्दा बाहिर गएर काम गर्नुभयो भने तपाईँलाई बचाउन एमाले पार्टी लाग्दैन । किनभने एमाले अपराधीको संरक्षण गर्ने पार्टी होइन ।’

कम्तिमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले कानुनको परिधिमा रहेर पार्टीको समेत सल्लाह लिएर जनतामुखी काम गर्नुपर्ने उनको भनाइ थियो । नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका इञ्चार्ज समेत रहेका नेता पण्डितले पार्टीका नेता तथा कार्यकर्ताहरूले के गर्नुपर्छ भन्ने कुरा भुसुक्कै बिर्सेर के पाएँ भनेर सधैँ प्रश्न गर्ने प्रवृत्ति समेत त्याग्नुपर्ने बताएका छन् ।

‘हामीले व्यक्तिका निम्ति होइन पार्टीका निम्ति काम गर्नुपर्छ, जब पार्टीका निम्ति काम गर्नुहुन्छ व्यक्तिगत लाभ स्वतः प्राप्त हुन्छ,’ उनले भने, ‘त्यसकारण म भन्छु, आफूले के गर्नुपर्छ भन्ने कुरा बिर्सिएर के पाएँ भन्ने मात्रै गर्नुहुँदैन ।’

उनले जनभावनाका साथै उम्मेदवार हुँदा जसरी सबै नेता कार्यकर्ता चाहियो जीतपछि जनप्रतिनिधिले उनीहरूको भावना समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । अरूलाई कैंची चलाउँदा भोलि आफूमाथि पनि चल्न सक्छ भन्ने हेक्का राखेर नेताहरू एकढिक्का भएर अघि बढ्नुपर्ने सुझाव पनि उनले दिएका छन् ।

Skip This
Skip This
Logo