सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो -विनोद चौधरी

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो -विनोद चौधरी

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए ।

आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले कानुन निर्माण प्रक्रिया सेवाग्राहीलाई ‘चोर हो’ भन्ने दृष्टिकोणबाट सुरु हुने गरेको बताएका हुन् ।

‘हाम्रा व्यापार र आर्थिक गतिविधिसँग सम्बन्धित ऐन कानुन बनाउने प्रक्रियाले नै सेवाग्राहीलाई चोर ठहर्याउने सोच प्रस्तुत गरेको छ,’ चौधरीले भने,‘कानुनलाई चुकुल लगायने दृष्टिकोणले ऐन निर्माण गरिन्छ । यसको असर सिङ्गो अर्थतन्त्रमा पर्छ । अहिलेको अवस्थामा बैंकहरूको हालत हेर्नुस्, पैसा थुप्रिएको छ तर कोही लिन चाहँदैन ।’

सांसद चौधरीले कानुनमा ‘सामान्य’भनेर परिभाषित गरिएका विषयवस्तुहरूमाथि पनि प्रश्न उठाएका छन् ।

‘कानुनमा ‘सामान्य’ शब्द प्रयोग गरिएको कुरा कसरी व्याख्या गर्ने ? कुनै व्यक्तिलाई ऋण चाहिएको छैन भने ऋण दिनेले कानुनमा ‘सामान्य’ शब्दको आधारमा त्यसलाई ठुलो समस्या बनाइदिन सक्छ । अनि, त्यसरी नै ठुलो समस्यालाई सामान्य भन्दै आफ्नो स्वार्थमा उपयोग गर्न सक्छ । यही नै समस्या हो,’चौधरीले भने ।

Skip This
Skip This
Logo