काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।
झण्डै ४ महिनापछि सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सहकारीको रकम दुरुपयोगमा श्रीमतीको संलग्नताका कारण सभापति पोखरेलले पनि मार्गप्रसस्त गर्नुपर्ने माग राखेका हुन् ।
एमाले नेता तथा लेखा समितिका सभापति पोखरेलकै पहलमा २०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारीमा १४ करोड ५६ लाख रकम हिनामिना भएको पाइएको थियो। उक्त सहकारीमा पोखरेलपत्नी अञ्जला पोखरेल सञ्चालकको भूमिकामा थिइन्। अहिले अञ्जलामाथि पक्राउ पूर्जी जारी भइसकेको अवस्था छ ।
यो प्रकरणमा अनुसन्धानका लागि सघाउन सांसद् मोदीले मार्गप्रसस्त गर्न माग गरेका हुन् ।
यसैगरी एमालेकै सांसद योगेश भट्टराईले पनि लेखा समिति सभापतिको जवाफ जवाफ मागेका छन् । सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले सभापति ऋषिकेश पोखरेलले जवाफ दिनुपर्ने बताएका हुन् । ‘सभापतिज्यूको बारेमा कुरा उठेको छ । सुशासनको चेक एण्ड ब्यालेन्स समितिमा बसेपछि त्यसको जवाफ दिनुपर्छ,’ बैठकमा उनले भने ।































प्रतिक्रिया