काठमाडौं । मन्त्रीको हातबाट कुटाई खाएका एक सचिवले मध्यरातमा अर्को थप्पड खाएको बयान दिएका छन् । पुस २९ गते प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवबाट कुटाई खाएका वत तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले मध्यरातमा अर्को थप्पड खाएको प्रतिक्रिया दिएका हुन् ।
सचिव झाले आफूलाई गएराति अर्को थप्पड हानिएको बताएका हुन् । आफ्नो फेसबुकमा करिब ३ सय शब्दको स्ट्याटस् लेख्दै सचिव झाले आफूले कर्मचारीहरुबाटै थप्पड खाएको उल्लेख गरेका छन्।
कर्मचारीहरुले आफूलाई सहयोग नगरी प्रलोभनमा फसेको आरोप लगाउँदै सचिव झाले आफू न्यायका लागि लडिरहने प्रतिक्रिया दिएका छन् ।
आधिकारिक ट्रेड युनियनका कर्मचारीसहित अन्य कर्मचारी सङ्गठनले मन्त्रीसँग लेनदेनका आधारमा आन्दोलन फिर्ता लिएको सचिव झाको आरोप छ ।
दुई तिन दिन पेन डाउन गरेको नाटक गरिएको बताउँदैं उनले लेखेका छन्, ‘दुइ तिन दिन यसो पेन डाउन गरेर नाटक गर्नु भो र शक्तिका अगाडी घुडा टेक्नु भो। तर भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको यो केसमा सत्य र सदाचार हार्नु हो। मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडि टिक्नु हुन्न भने मलाई उतिबेला पनि राम्ररी थाहा थियो।’
आफुले पहिलो एक्लैको संघर्षले उपलब्धि हासिल गरेको दावी गर्दै उनले भनेका छन्, ‘तपाईहरुको आन्दोलन भन्दा उपलब्धि त मेरो पहिले दिन एक्लैको संघर्षकोले प्राप्त गरि सकेको थिए। मा. मुख्यमन्त्री जीले मसंग ‘तपाई संग अन्याय भएको छ, माफ गरिदिनुस’ भनि सक्नु भएको थियो।’
सचिव झाले लेखेका छन्,:-
आज मध्यरातमा फेरी अर्को थप्पड खाइयो। चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गई रहेको छु । मन्त्रीजी मलाई पिटेरै शानसंग हिड्नु भएको छ, आधिकारिक धनुषाको साथिहरु के को लागि आन्दोलन उठान गर्नु भएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो, र त्यसको कारण पनि (अस्ति को सरुवा) । बिज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईहरु प्रति रहेसहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्रि बीच को घटना ? २९ गते कै तपाईहरुकै विज्ञप्तीसँग मेल खादैन।
दुइ तिन दिन यसो पेन डाउन गरेर नाटक गर्नु भो र शक्तिका अगाडी घुडा टेक्नु भो। तर भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको यो केसमा सत्य र सदाचार हार्नु हो। मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडी टिक्नु हुन्न भने मलाई उतिबेला पनि राम्ररी थाहा थियो।
तपाईहरुको आन्दोलन भन्दा उपलब्धि त मेरो पहिले दिन एक्लैको संघर्षकोले प्राप्त गरि सकेको थिए। मा. मुख्यमन्त्री जीले मसंग ” तपाई संग अन्याय भएको छ, माफ गरिदिनुस” भनि सक्नु भएको थियो।
तर याद गर्नु होला यो विज्ञप्तिका ड्राफ्ट कर्ता ज्यु, जुन बिऊ आज तपाईहरु असत्यको अगाडी घुडा टेकेर रोप्नु परेको छ, त्यसको फल पनि कालान्तरमा तपाई नै टिप्नु पर्ला।
फरेस्टर मर्दा मात्र फुलको माला चढाई दिने NFA, NEFTA संग पनि अपेक्षा रहेन। अध्यक्ष ज्युहरु बडो जोडले भाषण गर्नु हुन्थ्यो, कि राम्रो काम गर्नुस केहि भयो भने हामि लड्छौ। राम बिचारी जी पिटिदा वहा कै गल्ति थियो भनेर पन्छिनु भो। मलाई के भन्नु हुन्छ ?
यो लडाई मेरो लागि व्यक्तिगत तवरमा अझै जारि छ, जारि रहन्छ, मैले भनेको थिए अन्तिम सास सम्म लड्छु, कम्जोर छु तर लड्छु, तपाई हरुले जस्तो घुडा टेक्दिन !
तपाईहरु बाहेक, मलाई चिन्ने र नचिन्ने सोसल मिडिया र पत्रपत्रिका र रजिस्टरमा सिग्नेचर गरेर केन्द्रिय गृह मन्त्रालयमा बुझाउनु हुने सम्पूर्ण सकल दर्जाका स्वतन्त्र कर्मचारी साथिहरु प्रति आभार व्यक्त गर्दछु, नतमस्तक छु
मन्त्रीबाट कुटाई खाने सचिव अस्पताल भर्ना, मुख्यमन्त्रीले आकस्मिक बैठक गरे
के हो सचिव झाले नै कुटाई खाने एनजिओको लफडा ?
सचिव कुट्ने मन्त्रीलाई तत्काल बर्खास्त गर्न कर्मचारीको माग































प्रतिक्रिया