प्रचण्ड पत्नी सिता अस्पताल भर्ना

प्रचण्ड पत्नी सिता अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनयता ज्वरो र रुघाखोकीले ग्रस्त भएकी दाहालाई स्वास्थ्यमा कुनै सुधार नभएपछि आज विहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. युवराज शर्मा लगायतको टोलीले उनको उपचार गरिरहेको छ । सीता लामो समययता सुगर र प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् ।

उपचारका लागि यो भन्दा अगाडि पनि दाहालको सिंगापुर, दिल्ली लगायतका अस्पतालमा उपचार भएको थियो । सिताको पछिल्लो स्वास्थ्य अवस्थाबारे केहि कुरा पनि सार्वजनिक गरिएको छैन ।

Logo