तेह्रथुममा एमाले र माओवादीका दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश, लक्ष्मी खतिवडाले गरिन् स्वागत

तेह्रथुममा एमाले र माओवादीका दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश, लक्ष्मी खतिवडाले गरिन् स्वागत

केन्द्रबिन्दु
546
Shares

काठमाडौं । तेह्रथुममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

मंगलबार आठराई गाँउपालिकामा १०० दिने अभियानअन्तर्गत सम्पन्न हुँदै गरेको पार्टीको संगठन सुदृढीकरण अभियानकै शिलशिलामा नेकपा माओवादीबाट रमेश कुमार बजगाईंसहित १६ जना, नेकपा एमालेका नारायण खाती, टिका धमला, मन्जुल चोङंबाङं लिम्बुसहित १५ जना, लिम्बुवान पार्टीका कर्णबहादुर लिम्बुसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि लक्ष्मी खतिवडाले स्वागत गरेकी थिइन् ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खतिवडाले आपसमा सद्भाव फैलाएर पार्टी र संगठन बलियो बनाई जनताको पक्षमा काम गर्न निर्देशन दिएकी छन् । साथै पार्टीभित्र रहेका सानातिना मतभेदहरूलाई थाती राखेर पार्टीको बृहत एकताका निम्ति लाग्न उनकाे जाेड छ ।

आठराई गाउँ कार्यसमिति सभापति दिलकुमार पाहिमको सभापतित्वमा भएकाे कार्यक्रममा तेह्रथुम काँग्रेस सभापति अर्जुन तुम्बाहाम्फे, पूर्वसभापति रामनारायण ढुङ्गाना लगायत बिपिन निगलेकु,संगिता बाहिङं राई,रूद्र कन्दङ्ग्बालगायतले मन्तब्य राखेका थिए ।

कांग्रेसले तेह्रथुमको आठराई गाँउपालिकासहित म्याङलुङ नगरपालिका, मेन्छेयायेम गाउँपालिकालगायत ६ पालिकामा संगठन सुदृढीकरण अभियान चलाएकाे हाे ।

Logo