रवि लामिछानेले खोजे बालेनको साथ, रास्वपाका नेताहरु परिचालन [भिडियोसहित]

रवि लामिछानेले खोजे बालेनको साथ, रास्वपाका नेताहरु परिचालन [भिडियोसहित]

केन्द्रबिन्दु
402
Shares

काठमाडौँ । सहकारी ठगीमा दुई महिना लामो समयदेखि प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको प्रकरणले अदालतमा प्रवेश पाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वैकल्पिक शक्तिहरूको साथ खोज्न थालेको छ ।

उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता भएको छ । उनीमाथि करोडौं बिगो दाबी र जेल सजायको माग छ । यदि यो मागअनुसार अदालतले फैसला गरे लामिछानेको राजनीतिक यात्रा धरापमा पर्ने त छँदै छ, आफैंले जन्माएको रास्वपामा समेत स्थान पाउँदैनन् । किनभने रास्वपाको विधानमै लेखिएको छ कि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिने छ ।

यस्तो धरापमा परेपछि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र विवेकशील साझा पार्टीका नेताहरूको साथ खोजेका छन्, जो स्वतन्त्र रुपमा उदाएर जनताका बीच परिचित छन् । रास्वपाका नेताहरूले विभिन्न स्रोतमार्फत सम्पर्क गरेर रविको पक्षमा टिप्पणी गरिदिन भन्दै आग्रह गरिरहेका छन् । उनीहरुले बालेनलाई स्थानीय तह निर्वाचनका बेला पनि सभापति लामिछानेले सहयोग गरेको भन्दै उनको पक्षमा उभिन आग्रह गर्दै आएका छन् । तर, बालेन मौन छन्, पर्ख र हेरकै स्थितिमा छन् ।

Skip This
Skip This
Logo