‘स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न सकेनन्’ : महिला मन्त्री श्रेष्ठ

‘स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न सकेनन्’ : महिला मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसक्दा महिला बालबालिकामाथि भइरहेको घटना बढेको बताएका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले काम गर्न नसक्दा घटनाहरु बढेको बताएका हुन् । मन्त्री श्रेष्ठले अहिले भएका कानूनले नै आधारभूत रुपमा काम गर्न अप्ठेरो नहुने भएपनि स्थानीय तहको न्यायिक समितिले काम नै गर्न नसकेको गुनासो गरेका हुन् । स्थानीय तहमा भएका न्यायिक समितिमा रहने व्यक्तिमा कानून सम्बन्धी ज्ञान र सीप नहुँदा प्रभावकारी काम गर्न नसकेको पनि मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले लैंङ्गिक हिंसा सम्बन्धी विषयलाई पाठ्यक्रममा राख्नु पर्ने बताइन् । यस्तै विद्यालयस्तरमा नै महिला हिंसा सम्बन्धी विषयमा अन्तर्क्रिया गर्न सके हिंसा हुने जोखिम कम गर्न सकिने पनि बताइन् ।

नेपाल सरकारले प्रत्येक वर्ष डिसेम्बर १ देखि १६ तारिखसम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान चलाउँदै आएको छ । नेपाल संयुक्त राष्ट्र संघको महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्धको अभिसन्धीको पक्ष राष्ट्र पनि हो । नेपाल सरकारले हालै मात्र तेजाब आक्रमण र यौनजन्य हिंसा अन्त्य गर्न अध्यादेश नै जारी गरेको छ ।

Skip This
Skip This
Logo