४ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक ५ बजेपछि मात्रै

४ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक ५ बजेपछि मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज दिउसो ४ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक ५ बजेपछि मात्र बस्ने भएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सरेको बताइएको छ ।

पार्टीमा आन्तरिक विवाद कायम रहेका बेला भएको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आज बस्ने बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक हप्ता सोमबार र बिहीवार बस्ने गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

Skip This
Skip This
Logo