सत्यतथ्य समाचार प्रवाह हुँदा लोकतन्त्र बलियो हुन्छः ज्वाला

सत्यतथ्य समाचार प्रवाह हुँदा लोकतन्त्र बलियो हुन्छः ज्वाला

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन, नेपालले नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला र विभाग उपप्रमुख दामोदर अर्याललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पार्टीको तेस्रो सचिवालय बैठकले ज्वालालाई विभाग प्रमुख तथा सङ्गठनको इन्चार्ज र अर्याललाई उपप्रमुख तथा सङ्गठनको सहइन्चार्जको जिम्मेवारी तोकेपछि सङ्गठनले सङ्गठन सुदृढ बनाउँदै देश र जनताको पक्षमा काम गर्न सुझाव दिएको छ ।

सो अवसरमा विभाग प्रमुख ज्वालाले पार्टीको वैचारिक, सैद्धान्तिक र योजनाका बारेमा सङ्गठनले व्यापक प्रचार तथा प्रकाशनका काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टी र नेताहरूको यथार्थताबारे समाजलाई सुसूचित गरेर पारदर्शी समाज निर्माणमा योगदान पुर्याउन आग्रह गरे ।

पत्रकारिता क्षेत्रले समयमै सत्यतथ्य सूचना प्रवाह गर्दा लोकतान्त्रिक शासन प्रणाली बलियो बन्ने विश्वास व्यक्त गर्दै उपाध्यक्ष ज्वालाले लोकतन्त्र स्थापनाका लागि पत्रकारिता क्षेत्रले आन्दोलनमा सडकमा उत्रिएर सशक्त भूमिका निर्वाह गरेको स्मरण गरे ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले पत्रकारितालाई थप विश्वसनीय बनाउन सत्य, तथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह हुनुपर्नेमा जोड दिँदै प्रेस र समाजको सम्बन्ध ज्यादै घनिष्ठ बनाउन सहयोग पुग्ने बताए ।

पार्टी केन्द्रीय सदस्य चमिना भट्टराईले आर्थिक विकृति र विसङ्गतिका विरूद्ध समाचार लेखेर पत्रकारले नीति निर्माण तहको ध्यानाकर्षण गराउनुपर्ने बताइन् । सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले सङ्गठनका बारेमा जानकारी गराउँदै पत्रकारिता क्षेत्रबाट निर्वाह गर्नुपर्ने भूमिका प्रष्ट्याए ।

Skip This
Skip This
Logo