काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबैभन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले एकले अर्कालाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताएका हुन् ।
उनले भने, ‘हामीले धेरै ब्लेम गेमहरु गर्यौँ । एकले अर्कोलाई दोष लगाउने । अर्कोले अर्कोलाई दोष लगाउने । जब सत्ताभन्दा बाहिर गयो सबैभन्दा बढी पवित्र हुने सत्तामा हुँदा जो भए पनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ । त्यसलाई एउटा निश्चित मापदण्ड बनाउनू भ्रष्टाचार नियन्त्रणका लागि ।’
उनले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन, तबसम्म सुशासन कायम नहुने बताए ।
वर्तमान समयमा सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौँ, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन, तबसम्म सुशासन कायम हुँदैन । त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ ।’































प्रतिक्रिया