काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले सङ्घीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको छ ।
संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्।
बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल भएको उनले बताए। माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ः०० बजे बस्नेगरी स्थगित भएको छ ।





























प्रतिक्रिया