राज्यले नै नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गरिदियोः इस्लाम मियाँ

राज्यले नै नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गरिदियोः इस्लाम मियाँ

केन्द्रबिन्दु
27
Shares

काठमाडाै‌ । नेपालमा पञ्चायती कालरात्रीको अन्त्य, प्रजातन्त्रको प्राप्ती र मूलुकमा आमूल परिवर्तन गर्ने लडाईं चलिरहेका बेला वि.स. २०४७ अन्तरिम संविधान रहेकै अवस्थामा हाम्रो समुदायका एक योद्धा बसिर मियालाई अर्घाखाँचीमा प्रहरीबाट घरभित्र नै पसेर गोली हानिर हत्या गरियो ।

सो घट्नालाई हामी मुिस्लम समुदायका केही अगुवाहरुले समुदायको हक, हित र एकता गरेर अघि बढ्न एउटा संगठनमा आबद्ध हुने सोच अनुसार अघि बढ्यौं । समुदायको हक हितमा केही गर्नुपर्छ भनेर २०४८ सालमा नेपाल मुस्लिम इत्तेहाद संगठन स्थापना गरेका हौं । केन्द्रीय कार्यालय काठमाडौंमा राखेर सातै प्रदेशमा हाल प्रदेश अधिवेशन सम्पन्न गरिसकेका हौं ।

नेपाल मुस्लिम इतिहासमा पाँचवटा राष्ट्रिय महाधिवेशन गरिसकेका छौं । संगठनको मूल उद्देश्य राष्ट्र, राष्ट्रियता, मुलुकको आमूल परिवर्तन र प्रजातन्त्रको संस्थागत विकास नै हो । मुलुकमा बिगतका सरकारबाट समुदायमाथि गरेको उत्पीडन शोषण, दमन गर्ने खालको प्रवृत्तिका विरुद्धमा र सोही अनुसारका माग अगाडि बढाउने साथै समुदायको शैक्षिक, आर्थिक र रोजगारीका साथै अल्पसंख्यक समुदाय भएको हुनाले पनि सुरक्षाको प्रत्याभूति महशुस गराउने ढंगले यो संगठन अगाडि बढेको छ र क्रियाशील छ ।

गण्डकी प्रदेशका आठ नौं वटा जिल्लामा मुस्लिमहरुको बाक्लो नै बसोबास छ । यस हिसाबले संगठनको ऐतिहासिक अधिवेशन पर्यटकीय नगरी पोखरामा गर्दैछौं । यही पुस २० गते शनिबार अधिवेशनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्ने गरी अन्तिम तयारीमा छौं ।

सत्तारुढ दल नेकपा(एमाले)को भ्रातृ संगठनका रुपमा क्रियाशील संगठनमा पार्टीका महासचिवनै ल्याउने तयारी गरेपनि २१ गते एमालेको केन्द्रीय कमिटीको बैठक भएको हुँदा पोखरा ल्याउन सकेनौं । संगठनका दक्ष इन्जार्च भानुभक्त ढकाल प्रमुख वक्ता र संगठनका अध्यक्ष शेराफ फारुफको प्रमुख आतिथ्यतामा अधिवेशन हुनेछ ।

समुदायको हक, हितमा खासै त्यति उपलब्धीमुलक काम गर्न सकेका छैनौं । तर उद्देश्य चाँही बोकेकै हो । धेरै समयपछि यहाँ नेपाली कांग्रेसले पनि एउटा मुस्लिम संघ खोल्नुभएको छ । स्पष्ट भन्नुपर्दा उहाँहरुले एमालेको भातृ संगठनको सिको गर्दै मुस्लिम संघको स्थापना गर्नुभएको हो । उहाँहरुले पनि हाम्रै मितिमा नै अधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । मुस्लिम संगठन दुईवटामा बाँडिएको अवस्था छ । गण्डकी प्रदेशमा ६०–४० को अवस्था छ ।

संख्यात्मक रुपमा पहाडमा बसोबास गर्ने पहाडी मुस्लिमको संख्या न्यून छ । राज्यले विभाजन गरिदिएको अवस्था छ । मधेसी, पहाडी र उपत्यका मुस्लिम गरी नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गराइएको छ । पहाडीहरुप्रति थोरै विभेद भएको छ ।

सम्रग प्रदेशको हकमा हामी ६० छौं र कांग्रेस ४० रहेको अवस्था छ । संख्यात्मक रुपमा हामी पहाडमा बसोबास गर्ने पहाडी मुस्लिमको संख्या न्यून छ । राज्यले विभाजन गरिदिएको अवस्था छ । मधेसी मुस्लिम, पहाडी मुस्लिम, उपत्यका गरी नेपाली मुस्लिमहरु तीन खण्डमा विभाजित गरिदिएको छ ।

हामी जतिसुकै सन्तुलित हुन खोजे पनि अब भेगीय नाता हुन्छ । जनआधार कम भएको हुँदा प्राय संगठनको नेतृत्व अहिलेसम्म तराई मुलका समुदायका साथीहरुसँग गइरहेको अवस्था छ । तर हामी छैठौं अधिवेशन गर्दैछौं । राष्ट्रिय महाधिवेसन यहीँ माघ–फागुनतिर कोहलपुरमा गर्दैछौं । यसमा मेरो पनि नेतृत्वमा पुग्ने कोसिस रहनेछ ।

साथीहरुबीच पनि सम्झौंता भएको छ । लामो समयदेखि पार्टी र संगठनमा लागेर पहाडी मुलका मस्लिम भएका नाताले यहाँले जिम्मेवारी लिनुपर्छ भन्ने प्रस्तावहरु पनि आइरहेका छन् । हुनत दावा मात्रै गरेर सम्भव कहाँसम्मको हुन्छ त्यो महाधिवेसनबाट थाहा हुनेछ । म नै अध्यक्ष हुँ भन्ने अवस्था त छैन् तर दावी कायम रहन्छ ।

संख्यात्मक हिसावले अब मधेसमा बस्ने मुस्लिमहरुको बाहुल्यता ठूलो भएको हुँदा उहाँहरुले विभिन्न पदमा दावा गर्नु स्वभाविक पनि हो पहाडमा समेत अर्थात अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङजा, तनहुँ, कास्की, लमजुङ, गोरखा, मनाङ, मुस्ताङ जस्ता मुस्लिमहरुको बसोबास छ ।

मलाई लाग्छ पहाडी मुस्लिमहरुलाई पछाडि पारिएको छ भन्ने लाग्दैन । गण्डकी प्रदेशको हकमा प्रजातन्त्र प्राप्तपछि तीन जना मुस्लिम माननीय पाएका छौं । हसिना मियाँ, कलिला मियाँ र सफिक मियाँ लगायतका माननीयहरु पाएका छौं । पहाडी मुस्लिमहरु पछाडि त परेका छैनौं ।

तर संख्याको हिसाव किताबले हामीहरु भन्दा धेरै अगाडि उहाँहरु हुनुहुन्छ । मुस्लिम आयोगका अध्यक्ष उहाँहरु नै हुनुहुन्छ । हिजो मन्त्रीहरु पनि उहाँहरु नै हुनुभयो । अहिले नेकपा एमालेको केन्द्रिय कमिटिमा पनि मधेसी मुलुकका मुस्लिम साथीहरुकै बाहुल्यता छ । त्यस अर्थमा चाहीं पहाडीलाई थोरै अन्याय भएकै हो ।

किनभने नेकपा एमालेको विचार बोकेको पनि अहिले करिव ४२/४३ वर्ष भयो । यो विचारलाई अहिले पनि बोकीरहेको अवस्था छ । टोल सदस्य, गाउँ सदस्य, वडा सदस्य, नगर सदस्य, क्षेत्रीय सदस्य, जिल्ला कमिटिको सदस्य हुँदै प्रदेश सचिवालयसम्म पुग्ने अवसर पाएको छु ।

मलाई लाग्छ पहाडी मुस्लिमहरुलाई पछाडि पारिएको छ भन्ने लाग्दैन । गण्डकी प्रदेशको हकमा प्रजातन्त्र प्राप्तपछि तीन जना मुस्लिम माननीय पाएका छौं । हसिना मियाँ, कलिला मियाँ र सफिक मियाँ लगायतका माननीयहरु पाएका छौं । पहाडी मुस्लिमहरु पछाडि त परेका छैनौं ।

सम्भवतः चारवटा राष्ट्रिय महाधिवेशन, एउटा विधान महाधिवेशन, एउटा राष्ट्रिय प्रतिनिधि परिषद् ६ वटा राष्ट्रिय स्तरका कार्यक्रममा म चाँही प्रतिनिधि भएर जाने अवसर समेत पाएको छु । सबैको सहयोग पाएका पार्टीको केन्द्रीय कमिटी सदस्यमा पुग्ने इच्छा चाहीं छ ।

अधिवेशनमा कुनै त्यस्तो बाधा एवम चुनौतिहरु केही पनि छैन । एक खालको निर्णय बनाइसकेका छौं । सम्भवतः यो गण्डकी प्रदेशको इन्चार्जको हैसियतले यहाँका आठवटा जिल्लाहरुमा अधिवेशन सिध्याएका छौं । कान्छो जिल्ला म्याग्दीमा अधिवेशन गर्न बाँकी छ । त्यहाँ जबुल मियाँ उपमहासचिव हुनुहुन्छ ।

उहाँ त्यतातिर सक्रिय हुनुहुन्छ । गण्डकी प्रदेशका मुस्लिम समुदायहरु र नेकपा एमालेमा आवद्ध शुभचिन्तक संगठनका एकजुट भएर अधिवेशनलाई ऐतिहासिक बनाउन कस्सिएका छौं । गण्डकी प्रदेशको ऐतिहासिक पहिलो अधिवेशन सकाएर कार्यक्रम र योजनाहरु बनाएर अघि बढ्छौं ।

सकारात्मक पक्ष के छ भने हिजो पार्टी सरकारमा रहँदा अर्थात विभिन्न कालखण्डमा बनेका सरकारबाट समुदायप्रति बोकेको धारणा र विचार सम्मान गर्नपर्छ । एमाले र श्रद्धेय नेताहरुलाई धन्यवाद दिनैपर्छ । मुलुकमा चरम छुवाछुत, जातिय विभेद चलिरहेको अवस्था एउटा कालरात्री अवस्थाको चिरफार गर्दै नेपाल संगठनलाई अगाडि बढाउनमा पार्टीको हात छ । जाँचबुझ आयोग गठन गरी हरेक जिल्लाभरी एउटा संस्थाले दौडाह नै गर्याे । अहिले गर्व लाग्छ ।

मधेश आयोगहरु सरकारको मातहतमा चलेका छन् । शिक्षकहरुलाई पनि पारिश्रमिक दिने व्यवस्था भएको छ । सबैभन्दा खुसीको कुरा मानव भएर बाँच्न पाएको छौं । हिजो मानव मानवको बीचमा पनि जातिय द्धन्द्ध, छुवाछुत एकले अर्कोेलाई हेला गर्ने जुन प्रथा थियो त्यसलाई जरैबाट नेकपा एमालेले खारेज गरेको अवस्था छ । समुदायको हक हितमा सबै पर्याप्त नभए पनि धेरै काम गरेको छ ।

मुस्लिमहरुमाथि हेर्ने दृष्टिकोण राज्यको जुन थियो त्यसलाई समाप्त पार्ने काम पार्टीले गरेको छ । जातिय समानता, एकता, धार्मिक सहिष्णुता र छुवाछुतको अन्त्य मानव मानवबीचको द्धन्द्धको अन्त्य गर्ने योजना एमालेले ल्याएकाले स्ततन्त्र भएका छौं । आफ्ना विचार प्रष्टसँग राख्ने भएका छौं ।

नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय कमिटीका बरिष्ठ उपाध्यक्ष एवम गण्डकी प्रदेश इन्चार्ज इस्लाम मियाँसँग गरेको कुराकानीमा आधारित

Logo